TodayPati

प्रदेश २ : जबरजस्ती करणी गर्ने एकजना पक्राउ

टुडेपाटी-
पर्सा, कार्तिक १३ गते ।

जबर्जस्ती करणी गरेको आरोपमा वीरगंजबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं. २१ का ३८ वर्षीय जाहिर अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अन्सारीले पढाईको लागि वीरगञ्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई आफ्नोपरिचय ढाँटी आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसेका थिए ।

युवतीलाई बिहे गर्ने प्रलोभन देखाई अन्सारीले युवतीलाई पछिल्लो २ वर्षदेखि करणी गरेको प्रहरीले जनाएको छ ।
अन्सारीले जबर्जस्ती करणी गर्ने क्रममा युवतीको अश्लील फोटो र भिडियोसमेत बनाएकोे जनाएकोछ ।

पीडित युवतीले जाहेरी दिएपछि अन्सारीलाई वीरगञ्ज महानगरपालिका वडा नं. ८ बाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *