TodayPati

धनुषामा प्रधानाध्यापक कुटिए

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ ।

धनुषामा विद्यार्थीहरुबाट प्रधानाध्यापक कुटिएका छन् । डा. सीके राउत नेतृत्वका विद्यार्थी संगठनले जिल्लाको सबैला नगरपालिका स्थित रहेको विद्यालयका प्रधानाध्यापकलाई जनकारबाही भन्दै चप्पलले कुटदै कालोमोसो दलेका छन् ।

शुक्रबार रघुनाथपुरमा स्थित रहेको फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक वैजु साललाई जनकारबाहीको नाउमा चप्पलले कुटदै कालोमोसो दलेका छन् । विद्यार्थीहरुले चार दिन देखि पाँच बुँदे माग राख्दै आन्दोलनरत्त छन् ।

प्रधानाध्यापक वैजु साह मोटरसाइकलमा चढेर विद्यालय जाँदै गर्दा सीके राउतका विधार्थी संगठनका कार्यकर्ताले मोटरसाइकल रोकाएर कालोमोसो सहित चप्पलले कुटपीट गरेपछि प्रधानाध्यापक भागेका थिए ।

विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको विल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *