TodayPati

सर्वोच्च अदालत भित्रै वकिलहरुबीच कुटाकुट

टुडेपाटी-
काठमाडौं, कार्तिक १२ गते ।

सर्वोच्च अदालतको विषयमा केहिदिन यता चुलिएको विवादमा वकिलहरु बीच नै कुटाकुट भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा वकिलहरूसमेत विभाजित भएको अवस्थामा शुक्रबार सर्वोच्च अदालतभित्रै कुटाकुट भएको हो ।

Sponsored

पाँच दिनदेखि सुनुवाइ ठप्प भएको सर्वोच्चमा शुक्रबार मध्यान्ह दुईजना वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको भिडियो समाजिक संजालमा भाइरल बनेको छ ।

प्रधानन्यायाधीशलाई लिएर दुईजनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका हुन् ।

विवाद बढेपछि कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका छन्।

Sponsored

अर्कातिर झापट खाने अधिवक्ता चुँडालले इजलास रोक्न नहुने अडान राख्दै आएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *