TodayPati

सिके राउतका कार्यकर्ताले गरे अर्को जनकारबाही : प्रअलाई कालोमासो दल्दै चप्पलले हाने

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १२ गते ।

सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम स्थित खानेपानी तथा ढल निकास कार्यालय निमित प्रमुख राजेश कुशवाहालाई गरेको अमानवीय व्यबहार घटना सेलाउन नपाउँदै पुनः एक प्रधानाध्यापकमाथि कालोमोसो दल्दै चप्पल प्रहार गरेका छन् ।

धनुषाको सवैला नगरपालिका १२ रघुनाथपुर स्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक बैजु साहलाई जनमत पार्टीका कार्यकर्ताले कालोमोसो दल्दै चप्पलले हानेका हुन् ।

Sponsored

शुक्रबार दिउँसो विद्यालयबाट मोटरसाइकलमा पछाडि बसेर निस्किन लागेको बेला जनमतका कार्यकर्ता र केहि विद्यार्थीले पछाडिबाट उनलाई कालोमोसो दल्दै चप्पल प्रहार गरी दुव्र्यबहार गरेका हुन् ।

आन्दोलनरत्त विद्यार्थीको मागप्रति वेवास्ता गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले जनकारबाही स्वरुप कालोमासो दलेर चप्पल हानेको जनाएको छ ।

विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने लगायतको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *