रौतहटमा क्वारेन्टाइनमा बस्नेको संख्या १०६ पुग्यो
टुडेपाटी-
रौतहट, चैत १८ गते ।
रौतहटको विभिन्न स्थानमा निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १०६ पुगेका छन् ।
सो क्वारेन्टाइन स्थानीय तहले निर्माण गरेको छ ।
भारत लगायत अन्य मुलुकबाट फर्किएका १०६ जनालाई क्वारेन्टाइनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
भारत लगायत अन्य मुलुकबाट रौतहट भित्रिएका कुल ६० हजार ६७४ जनाको स्वास्थ्य परीक्षण भएको समेत सीडीओ घिमिरेले बताए ।
Sponsored