कोरोना आशंकामा पाटन अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ
टुडेपाटी-
काठमाडौं,चैत १८ गते ।
ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ ।
सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको हो ।
उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।