कोरोना कहर : बलिउड गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ
टुडेपाटी-
काठमाडौंं, चैत १८ गते ।
कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।
रिपोर्ट आएपछि उनी गम्भीर विरामी परेको, स्वास्थ्यमा सुधार कुनै सुधार नआएको र अवस्था गम्भीर भएको हल्ला चलेका छन् । परिवारका सदस्य समेत आत्तिए । उनीहरुले चिकित्सकसँग सोधखोज पनि गरेका छन् ।
लखनऊस्थित सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचाररत कनिकाको स्वास्थ्यबारे सबैको चासो रहेका बेला चिकित्सकहरुले भने उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए ।
सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानका निर्देशक डा. आरके धिमानले कनिकाको स्वास्थ्य स्थिर र सुधारोन्मुख रहेको बताए । कनिकाले अब सहज रुपमा खाना खाइरहेको जनाइएको छ ।
Sponsored
डा. धिमानले मिडियामा फैलिएको कनिका गम्भीर विरामी भएको कुरा हल्लामात्रै भएको स्पष्ट पारेका बताइएको छ ।
यसअघि कनिकाले सामाजिक सञ्जालमार्फत परिवार र बच्चाको याद आइरहेको भन्दै आफू घर फर्किने समय पर्खिरहेको बताएकी थिइन् । उनले सबैलाई सुरक्षित रहन पनि अपिल गरेकी थिइन् ।