TodayPati

मेडिकल कलेजहरुलाई पनि अनिवार्य रुपमा कोरोनाको उपचार गर्न सरकारको निर्देशन

टुडेपाटी-
काठमाडौँ, चैत १८ गते ।

कोरोना संक्रमणको उपचारकारकालािग सरकारले कडा निर्देशन जारी गरेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई पनि अनिवार्य रुपमा कोभिड क्लिनिक सञ्चालन तथा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान, २५ वटा हब अस्पताल, सबै तोकिएका अस्पताल र प्रादेशीक अस्पताल एवम् प्रदेश अन्र्तगर्तका सबै अस्पतालमा अनिवार्य रुपमा कोरोनाको उपचार गर्न निर्देशन दिएको हो ।
उनीहरुलाई मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उपचार गर्न पनि भनेको छ । यसअघि कतिपय मेडिकल कलेज र निजी अस्पतालहरुले कोरोनाको उपचार गर्न मानेका थिएनन् ।

Sponsored

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तोकिएका मेडिकल कलेज, अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड क्लिनिकको अतिरिक्त अन्य आकस्मिक उपचार सेवाहरु साविक बमोजिम नै प्रदान गर्न निर्देशन दिएको बताए ।

साथै मन्त्रालयले त्यस्तो सेवा प्रदान गर्दा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, बिरामी र बिरामीका आफन्तहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आवश्यक मिलाउन पनि मन्त्रालयले निर्देशन जारी गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *