दहेज मुक्त समाजद्वारा जनकपुरका ३ सय ७५ विपन्न परिवारलाई राहत वितरण
टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।
मिसन दहेज मुक्त समाज प्रदेश २ ले लकडाउनबाट पीडित ३ सय ७५ अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ५ र ६ मा २ सय ५० परिवार, वडा नं. ४ को कटैया चौरीमा ५० परिवार र वडा नं. २३ को लादोबेलाका ७५ परिवारलाई राहत वितरण गरेको दहेजमुक्त समाज प्रदेश २ का महासचिव इद मोहम्मद साफी (जानी खान)ले जानकारी दिए ।
पाँच किलो चामल, २ किलो आलु, १ किलो प्याज, १ किलो नुन, आधा लिटर खाने तेल, मास्क लगायतको सामग्री प्रत्येक परिवारलाई हस्तान्तरण गरेको उनले बताए ।
दुईहजार अति विपन्न परिवारलाई राहत वितरण गर्न शिवपुरका स्थानीय मो.गफ्फर नुरीले ८ लाख ५० हजार रुपैयाँ दहेज मुक्त समाजलाई प्रदान गरेका छन् । उनी समाजका अध्यक्ष समेत हुन् । नुरीकै नेतृत्वमा खाद्यान्न वितरण गर्ने काम भइरहेको खानले जानकारी दिए ।
Sponsored