सप्तरीमा दुइ युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा
टुडेपाटी –
जनकपुरधाम, चैत १८ गते ।
सप्तरीमा लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिई दुइजना युवालाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी निलम्बनमा परेका छन् ।
आइतवार दिउँसो भारतबाट खाद्यान्न तथा औषधी ल्याउदै गर्दा सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी बलका हलवल्दार मनोज चौधरीलाई निलम्बित गरिएको प्रहरी स्रोतले जनाएको छ ।
लकडाउन पालना गराउन र सुरक्षाका निम्ति खटिएका उनले लठी भाँचिएपछि फेरी अर्को लठीले निर्घात कुटपिट गरिरहेको भिडियो समाजिक संजालमा भाइरल भएको थियो ।
समाजिक संजालमा प्रहरीको यस्तो हर्कतको चौतर्फी विरोध भएपछि प्रहरी प्रधान कार्यालयले समेत चासो लिइ घटनाको छानविन गर्ने र कार्वाही गर्ने जनाएको थियो ।
कोरोना संक्रमणले उत्पन्न संकटको घडीमा देशको सीमा लगायत देशमा सिमित श्रोत साधनका बावजूद संसारभर फैलिरहेको कोरोना महामारीको रोकथामका लागि सशस्त्र प्रहरी बल सदैब राष्ट्र र राष्ट्रबासीको सुरक्षामा खटिरहेको अबस्थामा यस घटनालाई समग्र संगठनको कार्यशैलीको रुपमा नलिई गलत गर्ने जो कोही सशस्त्र प्रहरी कर्मचारीलाई कारवाहीको दायरामा ल्याईने सन्देशको संकेत गरेको सशस्त्र प्रहरी बल नेपाल श्रोतले जनाएको छ ।
Sponsored