चेम्बरले अति विपन्न परिवारलाई घर–घरमा पुगेर बाँडे खाद्यान्न
टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।
धनुषा चेम्बर एवं प्रदेश चेम्बरको संयुक्त सहकार्यमा लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
सूचनाको आधारमा अति प्रभावित धनुषाको विभिन्न स्थानमा घरमै पुगेर ९६ परिवारलाई खाद्यान्न वितरण गरेको धनुषा चेम्बरका उपाध्यक्ष सरोज मिश्रले जानकारी दिए ।
उनक अनुसार ५ किलो चामल, १ किलो दाल, २ किलो आलु, १ किलो नुन र स्वयाविन वितरण गरिएको हो । सरकारले कोरोना भाइरसको महामारीबाट बच्न गरेको लकडाउनको कारण समस्यामा परेका अतिविपन्न , ज्यालादारीमा काम गर्ने मजदुर, असहाय, एकल महिलाहरुलाई सूचनाको आधारमा वितरण गरिएको उपाध्यक्ष मिश्रको भनाइ छ ।
राहत वितरण गर्न चेम्बर धनुषाका अध्यक्ष विजय साहको नेतृत्वको टोली पुगेको थियो ।
Sponsored