TodayPati

मानसिक सन्तुलन गुमाएकी गर्भवती महिलालाई वीरगञ्ज पठाइयो

टुडेपाटी-
जनकपुरधाम, असोज १२ गते ।

धनुषामा एक मानसिक सन्तुलन गुमाएकी गर्भवती महिलालाई वीरगञ्ज पठाइएको छ । मानसिक अवस्था ठीक नरहेकी करिब २२ वर्षीया महिला महिनौंदेखि धारापानीचोकमा अलपत्र अवस्थामा रहेकी थिइन् ।

उनलाई मंगलबार धनुषाधाम नगरपालिकाका वडाध्यक्ष सञ्जिव यादव र इलाका प्रहरी कार्यालय यज्ञभूमिको सहयोगमा वीरगञ्जस्थित मानव कल्याण सेवा आश्रममा पठाइएको हो ।

Sponsored

आश्रमका सञ्चालक प्रकाश थारुलगायतको टिमले महिलालाई उद्धार गर्दै मानव सेवा आश्रम लगिएको वडाध्यक्ष सजिव यादवले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *