TodayPati

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

टुडेपाटी-
काठमाडौं, असोज ११ गते ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको छ । अध्यादेश खारेजीसँगै मन्त्रिमण्डल बिस्तारको बाटो खुलेको छ । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।

Sponsored

सो अध्यादेश अनुसार एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको थियो । त्यस्तै जसपाबाट अलग भएकाहरुले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय र सिफारिस अनुसार संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ख बमोजिम अध्यादेश खारेज भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *