TodayPati

सरकार विस्तारमा बाधक बनेको राजनीतिक दल सम्बन्धि अध्यादेश राष्ट्रपतिबाट खारेज

टुडेपाटी-
जनकपुरधाम, असोज ११ गते ।

सरकार विस्तारमा बाधक बनेको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले राजनीतिक अध्यादेश खारेज गरेकी हुन् ।

Sponsored

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’

सोमबारै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो । 

Sponsored

एमालेबाट माधव नेपाल पक्षलाई फुटाउन सहज गर् सरकारकै सिफारिसमा राजनीतिक दल सम्बन्धि अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन् । जसको कारण जसपबाट महन्थ ठाकुर पक्षलाई फुटेर नयाँ पार्टी गठनसंगै सांसद बचाउन सजिलो भएको थियो ।

सो अध्यादेश पछिल्लो पटक सरकार विस्तारमा बाधक बनेको थियो । पार्टी फुट्ने डरले पाँच दलीय गठबन्धन इतरका जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जान पन्छिने गरेका थिए ।

यो संगै अब चाँडै देउवा सरकारले मन्त्रीमण्डल विस्तार गर्ने बाटो खुलेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *