TodayPati

विदेह नगरपालिकामा ५० बेडको क्वारेन्टाइन निर्माण

टुडेपाटी-
जनकपुरधाम,चैत १६ गते ।

धनुषाको विदेह नगरपालिकाले कोभिड (१९) रोकथामका लागि ५० बेडको स्थायी क्वारेन्टाइन कक्ष निर्माण गरेको छ ।

क्वारेन्टाईन कक्षमा आइतबार मात्रै चारजना भर्ना भएका छन् । केहि दिन अघि कतारबाट फर्केका २ जना र भारतको मद्रास र चेन्नइबाट फर्केका २ जना गरी ४ जनलाई क्वारेन्टाईनमा राखिएको नगर प्रमुख बेचन दासले जानकारी गराए ।

Sponsored

क्वारेन्टाईनमा एक दर्जन स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीहरुको स्क्रिनिङ्ग गरी भर्ना गर्ने गरेको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत संजीव साहले बताए । धनुषामा खान बस्न झुल सहितको सुबिधा सम्पन्न क्वारेन्टाईन निर्माण गरिएको यो पहिलो स्थानीय तह हो ।

पछिल्लो समय कोरोनाको त्रास बढेपछि कामको सिलसिलामा भारतलगायत खाडि मुलुकबाट धेरै जना फर्किएका छन् । नगरपालिकाले उनीहरुको तथ्याकं संकलन गरी सुरक्षित साथ सेल्फ क्वारेन्टाईनमा बस्न समेत अनुरोध गरेको छ ।

जनताको हरेक किसिमको सुरक्षार्थ आधा दर्जन सुरक्षाकर्मी, चार जना सरसफाई कर्मचारी र चार जना कार्यालय सहयोगी परिचालन गरिएको बताईएको छ ।

Sponsored

यता, मानिसहरु अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन र लकडाउनको पालना गर्न नगर प्रमुख तथा उप प्रमुख निलम देबी मण्डलले नगरबासी संग आग्रह गरेकी छिन । उप प्रमुख मण्डलले आफुले प्रयोग गर्ने गाडि समेत बिरामी ओसारपसार गर्न लगाएकी बताएकी छिन् ।
यस अघि नगरपालिकाले जनचेतनाका लागि माइकिङ्ग, मास्क तथा साबुन सेनिटाईजर बितरण लगायताका बिभिन्न कार्यक्रमहरु गरिसकेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *