कोभिड-१९ बाट पूर्व फ्रान्सेली मन्त्रीको ज्यान गयो
टुडेपाटी-
काठमाडौं, चैत १६ गते ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) बाट फ्रान्सका एक चर्चित नेताको ज्यान गएको छ ।
ज्यान जानेमा ७५ वर्षीय प्याट्रिक दुभेज्याँ छन् ।
दुभेज्याँ राष्ट्रपतिहरु ज्याक्स चिराक र निकोलस सार्कोजी दुवैको कार्यकालमा मन्त्री रहेका थिए ।
उनले गत बिहीबार ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको र अस्पतालमा रहेको जनाइएका थिए ।
Sponsored