TodayPati

सर्लाहीकी किशोरी प्रिंयकाको ह’त्या अरोपी युवक जेल चलान

टुडेपाटी-
सर्लाही, भदौ २८ गते ।

सर्लाहीकी १४ वर्षीया किशोरी प्रियंका भुजेलको ब’लात्कार तथा ह’त्यामा संलग्न थप एक युवक जेल चलान भएका छन् ।

जेल चलान हुनेमा लालबान्दी नगरपालिका १७ का १९ वर्षीय अनिष दाहाल छन् ।

Sponsored

सर्लाही जिल्ला अदालतको आदेशमा अनिषलाई पुर्पक्षका लागि जेल चलान गरिएको प्रहले जनाएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश ध्रुव कुमार पियाले थुनछेक बहसपछि दाहाललाई अन्तिम फैसला नहुन्जेल पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् ।

उनलाई हिजै सिन्धुली कारागार चलान गरिएको हो । उनीहरुविरुद्ध प्रहरीले जर्बजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर गरेको छ।

Sponsored

लालबन्दी नगरपालिका १७ रानीगञ्जकी १४ वर्षीया किशोरी प्रियंकाको ब’लात्कार तथा ह’त्यामा संलग्न १७ वर्षीय कृष्ण साहलाई यसअघि नै अदालतले बाल सुधारगृहमा राख्न आदेश दिएको थियो ।

गएको भदौ १ गते राति प्रिंयकाको शव ब’लात्कार पश्चात ह’त्या गरेर गाडेको अवस्थामा लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको थियो । प्रियंका साउन ३१ गते राति साँढे ११ बजेतिर घरबाटै बेपत्ता भएकी थिइन्।

घटना लगतै अनिस र कृष्णलाई प्रहरीले पक्राउ गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *