TodayPati

सर्लाहीमा इँटा व्यवसायी प्रसाईको हत्या, गाडिएको अवस्थामा भेटियो शव

एसपी यादव
सर्लाही, पुस २० गते ।

पुर्व पश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिकाका इँटा व्यवसायी हरिप्रसाद प्रसाईको हत्या भएको सर्लाही प्रहरीले जानकारी गराएका छन् ।

३९ वर्षीय प्रसाई हरिवन नगरपालिका वडा नं. १० इनारटोलका स्थायी बासिन्दा हुन् ।

Sponsored

प्रसाई पुस १५ गतेदेखि हराइरहेको सूचना पाउनासाथ प्रहरीले खोजतलास गर्दै जादा शनिवार बिहान ११ बजेको समयमा हरिवन नगरपालिका वडा नं. १० स्थित उखुबारीमा गाडिएको अवस्थामा उनको शव बरामद गरेको थियो ।

प्रसाई परिवारका अनुसार, उनी पुस १५ गते बिहान बरहथवा नगरपालिका वडा नं. ९ मूर्तियाबाट इँटाको पैसा लिएर आउँछु भनेर घरबाट निस्किएका थिए । तर घर नफर्किएपछि सोही दिनदेखि उनको खोजी कार्य भइरहेको थियो ।

सर्लाही प्रहरीले प्रसाईको हत्यामा संलग्न हुनसक्ने आशंकामा एक स्थानीय युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

Sponsored

प्रसाईको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात् परिवारलाई जिम्मा लगाइएको प्रहरीले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *