सर्लाहीमा बस अनियन्त्रित भएर पल्टिँदा च्यापिएर सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, पुस १७ गते ।
सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा च्यापिएर एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बलरा नगरपालिका ९ स्थित बीओपी छतौनामा कार्यरत्त प्रहरी निरीक्षक विजयकुमार तुलाधर छन् ।
बिओपीको गेट अगाडि ड्युटिमा रहेको बेला गए राति ९ बवे राजदेवी ट्राभल्स लेखिएको बस पल्टिँदा प्रहरी निरीक्षक तुलाधर च्यापिएका थिए ।
गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।