तीन करोडमा नवनिर्मित बटेश्वर गाउँपालिकाको भवन चर्कियो, ८ लाख घुस लिएका थिए गापा अध्यक्ष
टुडेपाटी-
जनकपुरधाम, भदौ २८ गते ।
८ लाख घुस काण्डमा मुछिएको धनुषाको बटेश्वर गाउँपालिका कार्यालयको नवनिर्मित भवन उदघाटन नहुँदै चकिएको छ ।
तीन करोड रुपैयाँ लागतमा निर्माण गरिएको सो भवन दर्जन बढी ठाउँमा चर्किएको हो । भवन चर्किदा वर्षातमा भवन चुहिन समेत थालेको छ ।
गाउँपालिकाको उक्त भवनको निर्माण कार्य गएको फागुन महिनामा सम्पन्न भएको थियो ।
सोहि भवनको पूर्ण भुक्तानीको लागि ठेकेदारसंग गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले ८ लाख घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धानले पछ्याएपछि १७ फागुन २०७७ मा उनी घुस फालेर गाडीबाटै हाम फालेर भागेका थिए ।
सो नवनिर्मित भवनको सम्पूर्ण कागजात अख्तियराले नियन्त्रणमा लिएको छ । फरार भएको ३ महिना पश्चात गाउँपालिका अध्यक्ष राउत गएको जेठ अन्तिम साता अख्तियारमा हाजिर भएर जमानतमा छुटेका थिए ।
तत्कालिन ओली सरकारको पावर पहुँचमा छुटेका गाउँपालिका अध्यक्ष राउत अहिले कार्यभाल सम्हालिरहेका छन् ।
२०७६ जेठ १२ मा ३ करोड ८५ लाख लागत अनुमान गरिएको सो भवन पहिलो चरणमा धन्नजय रब्बानी जेभी कन्स्ट्रक्सनले २ करोड ४८ लाख ५३ हजार ३ सय २४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
भेरियसन अर्डर (भिओ) सहित गाउँपालिकाको कार्यालयले ठेकेदारलाई भ्याटसहित २ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
पहिलो पटक १९ लाख र दोस्रो पटकमा ८ लाख भिओ रकम थप गरेर निर्माण कम्पनीलाई भुक्तानी दिइएको गाउँपालिका कार्यालयका प्रा विधिक शाखाका प्रमुख इन्जिनियर जितेन्द्र यादवले जानकारी दिए ।
गभवन चर्किएकाले निर्माण कम्पनीले राखेको धरौटी रकम जफत हुने इन्जिनियर यादवले बताए । उनले र्किएको ठाउँमा मर्मत सम्भारका लागि निर्माण कम्पनीलाई पत्र लेखिसकेको बताए।
सो भवन निर्माणमा गाउँपालिका अध्यक्ष राउतले मोटो कमिसनको चलखेल गरी गुणस्तरही भवन निर्माण गरेकाले चर्किएको स्थानीयले बताएका छन ।