TodayPati

कृषि पोखरी खन्ने नाममा बर्दिबासका मेयर कार्कीले कानुन विपरीत करोडौंको ग्राइभेल बेचेको खुलासा

टुडेपाटी-
जनकपुरधाम, भदौ २८ गते ।

बर्दिबास नगरपालिका प्रमुख विदुर कार्कीले कानुन विपरीत पोखरी खन्ने नाममा नदी जन्य पदार्थ उत्खनन निकासीको ठेक्का दिएर करोडौंको अनियमितता गरेको खुलासा भएको छ ।

बर्दिबास नगरपालिकाले मेयर कृषि कार्यक्रम अन्तर्गत माछा पोखरी उत्खनन गर्दा नदीजन्य पदार्थ निश्कासनमा कानुन विपरीत ठेक्का दिई व्यापक अनियमितता गरेको महालेखापरीक्षकको ५८ औं प्रतिवेदनमा पाइएको छ ।

Sponsored

प्रतिवेदन अनुसार नगरपालिकाले प्रचलित कानुन विपरीत मिति २०७७ जेठ २९ गते र २०७७ जेठ २७ गत रोशन कन्ट्रक्सनलाई १ लाख ५० हजार घन मिटर ग्राइेभल निश्कासन गर्न २ करोड ३९ लाख २० हजार ५ सयमा र शिवालय दिवा जे भीलाई एक लाख घनमिटर ग्राइेभल निश्कासन गर्न ७९ लाख ७३ लाख २८० मा सोझै ठेक्का सम्झौता गरेको थियो ।

नगरपालिकाले नदीजन्य पदार्थको आय ठेक्का प्रचलित कानुन बमोजिम प्रतिष्पर्धाबाट गर्नुपर्ने प्रावधान छ । सो अनुसार नदिजन्य पदार्थ निश्कासनको प्रतिष्पर्धा नगराई सोझै दिएकोले कानुनको कानुन अनुसार नगरेको महालेखापरीक्षाको ठहर छ ।

त्यति मात्र होइन ठेक्का लिएका दुबै ठेकेदारले ग्राइभेल निश्कासन गरेको सम्पूर्ण रकम समयमा दाखिला नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । दुबै ठेकेदारले सम्झौता शर्त अनुसार समयमा रकम दाखिला नगरेकाले बैंक जमानत जफ्तसहित जरिवाना समेत गरी १ करोड ८९ लाख १७ हजार ७६२ रुपैयाँ असुल गर्न महालेखा परीक्षकले भनेको छ ।

Sponsored

रोशन कन्ट्रक्सनले मात्र ६० लाख बैंक दाखिला गरेको छ । रोशन कन्ट्रक्सनबाट बाँकी १ करोड ७९ लाख २० हजार ५ सय र शिवालय दिवा जेभीले ग्राइभेल निश्कासन गरेको ६२५४ घनमिटरको ९ लाख ९७ हजार २६२ रुपैयाँ अशुल गर्न बाँकी रहेको उल्लेख छ ।

नगरपालिका श्रोतका अनुसार मेयर कार्काीले मोटो रकमको सेटिंगमा दुबै ठेकेदार कम्पनीलाई कानुन विपरीत सम्झौतामा सोझै ग्राइभेल निश्कासनको ठेक्का दिएका थिए । प्रदेश २ मै सबभन्दा नदी दोहन हुने नगरपालिका बर्दिबास रहेको छ । बर्दिबासका मेयर खोला उत्खनन गराउनेमा मादसाहका रुपमा चर्चित छन् ।

उनले नगरभित्रको खोला अवैध रुपमा उत्खनन गराउन क्रसर माफियाको सेटिंग गर्ने गरेको आरोप लाग्ने गरेको छ । सोहि कामबाट मेयर कार्कीले रोडौंका अकुत सम्पति जोडेको व्यापक चर्चा छ । बर्दिबास नगरभित्र दर्जनौ क्रसरहरु सञ्चालनमा छ । केहि क्रसरमा गोप्य लगानी मेयर कार्कीको पनि रहेको स्थानीयले बताएका छन् ।

भुलुधार : समाचार सम्प्रेषणको क्रममा तेस्रो वाक्यमा १ लाख ५० हजार घनमिटर लेख्नुपर्नेमा भुलबस सुरुमा १५ लाख घनमिटर उल्लेख हुन गएकोमा पुनः सच्याइएको छ । त्रुटिको लागि क्षमाप्रार्थी छौं । – सम्पादक

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “कृषि पोखरी खन्ने नाममा बर्दिबासका मेयर कार्कीले कानुन विपरीत करोडौंको ग्राइभेल बेचेको खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *