TodayPati

जनकपुरमा सहिदहरुको नाममा बनिरहेको सहिद गेटमै अनियमितता भएको खुलासा

टुडेपाटी-
जनकपुरधाम, भदौ २३ गते ।

जनकपुरधाम– मधेश आन्दोलनका सहिदहरुको सम्मानमा बनाउन लागेको प्रवेशद्वारमै अनियमितता भएको पाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा जनकपुरधाम उपमहानगरपालिकाले ४ करोड ८ लाखको लागतमा निर्माण भइरहेको सहिद गेट निर्माणमा अनियमितता भएको पाएको हो ।

Sponsored

महालेखा परीक्षकको प्रतिवेदन अनुसार सहिद गेटको टेण्डर प्रकृयामै अनियमितता भएको पाइएको हो ।

प्रवेशद्वार निर्माणका लागि पहिलो पटक १० माघ २०७६ मा ३० दिने सूचना सहित टेण्डर आह्वान गरेको थियो । त्यसमा रविन्द्र कन्स्ट्रक्सन प्रालिले मात्र प्रस्ताव पेश गरेको थियो । तर अनुभव सम्बन्धि कागजात नक्कली रहेको पाइएपछि ठेक्का अस्वीकृत गरेको थियो ।

तत्पश्चात १८ फागुन २०७६ मा १५ दिने सूचना प्रकाशित गरि फेरि टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरमा गौरी पार्वती साप जेभीले ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरेकोमा मात्र १.०५ प्रतिशत घटी अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएको पाइएको हो ।

Sponsored


महालेखा परिक्षाको प्रतिवेदनमा बिन प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराइएको उल्लेख गरको हो ।

२० आसार २०७७ मा शिलान्यास गरिएको सहिद गेट निर्माणमा आ.व. २०७६–०७७मा ४४ लाख ७७ हजार ७ सय २ र आ.व. २०७७–०७८ मा २ करोड बजेट छुट्याइएको छ । जसमा हालसम्म १ करोड ३२ लाख ३२ हजार ४ सय २ रुपैयाँ गत जेठ महिनासम्ममा खर्च भएको प्रतिवेदनले देखाएको छ ।

सीतारामको प्रतिामा साथै मधेश आन्दोलनका सहिदहरुको प्रतिामा राख्ने गरी धनुष आकारमा सहिद गेट निर्माण भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *