महोत्तरीमा सर्पको टोकाइबाट दुई बालिकाको ज्यान गयो
टुडेपाटी-
महोत्तरी, भदौ २३ गते ।
महोत्तरीको विभिन्न स्थानमा विषालु सर्पको टोकाइबाट २ बालिकाको ज्यान गएको छ ।
जिल्लाको मनरासिस्वा नगरपालिका २ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका २ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुनको सर्पको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
उनका अनुसार गएराति ती दुवै बालिकालाई सर्पले डस्दा मृत्यु भएको छ ।