सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु
टुडेपाटी-
सप्तरी, भदौ १६ गते ।
सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका १० रंजितपुर बस्ने पवन यादका ९ वर्षीय छोरा अर्जुन यादव छन् ।
गोठमा लत्रेको विद्युतीय नांगो तारमा करेन्ट लाग्दा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर सिकिस्त भएका बकालकलाई उपचारका लागि कल्याणपुरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
Sponsored