TodayPati

जनकपुरका मेयर जसपा, उपमेयर लोसपा

टुडेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।

जनता समाजवादी पार्टी र नेकपा एमाले विभाजन भएपछि प्रदेश २ मा जनप्रतिनिधिहरु दलबदलमा लागेका छन् । एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी खुलेपछि जनप्रतिनिधि दलबदलमा लागेका हुन् ।

एमाले र जसपा छाड्ने संघीय सांसद प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधि एसपा र लोसपमा सनाखत गर्न मंगलबारदेखि जिल्ला निर्वाचन कार्यालयमा पुग्न थालेका छन् ।

Sponsored

यसै दलबदलकै क्रममा पूर्व राजपाबाट चुनाव जितेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर मूल पार्टी जसपामै रहेका छन् भने उपमेयर रीता कुमारी मिश्र भने लोसपा रोजेकी छन् ।

मंगलबार धनुषामा जसपाका ११२ जना जनप्रतिनिधि मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *