महोत्तरीका जिल्ला सभापति रायले गरे ७० लाखको जग्गा दान, नगरवासी खुसी
टुडेपाटी-
महोत्तरी, भदौ १६ गाते ।
नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् ।
औरही नगरपालिका–८ मा अवस्थित श्रीपुर र टिम्किया गाउँ जाने बाटो नजिकै सभापति रायको नाउँमा रहेको ७७२ नम्बर कित्ताको जग्गामध्ये १४ कठ्ठा जग्गा दान गरेका हुन् ।
सभापति रायले महोत्तरीको औरही नगरपालिकालाई भवन निर्माणको लागि रु ७० लाख मूल्य पर्ने १४ कठ्ठा जग्गा दान गरेको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले जानकारी दिए ।
नगरपालिकाको आफ्नै भवन नरहेकाले सभापति रायले जग्गा दान दिँदा नगरपालिका र नगरवासी निक्कै खुशी भएको नगरप्रमुख यादवले बताए।
Sponsored