TodayPati

म्याद गुज्रिएका सामान बिक्री गर्ने सप्तरीका ब्यापारीलाई तिराइयो जरिवाना

शुभ नारायण यादव-
सप्तरी, भदौ १२ गते ।

सप्तरी जिल्ला प्रशासन कार्यालय राजविराजले म्याद गुज्रिएको सामान बिक्री बितरण गर्ने एक ब्यापारीलाई जरिवाना तिराएका छन् । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा अजय कुमार मण्डल नेतृत्वको अनुगमन टोलिले बिष्णु किराना पसलमा छापामारी गर्दा म्याद गुज्रिएको सामान फेला परेपछि संचालकलाई २० हजार जरिवाना गरेको हो ।

अनुगमनको क्रममा बिष्णु किराना पसलबाट खाने तेल, पेय पदार्थ लगायतका म्याद गुज्रिएका सामान बरामद् भएको थियो । म्याद गुज्रिएको सामान बिक्री बितरण गर्ने ब्यबसायीलाई जरिमाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

पहिलो पटक जरिवाना तिराई सचेत गराउँदै छाडेको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले बताए । उनले फेरि पनि यस्तै पाईएमा कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *