सप्तरीको बसपार्कमा छैन शौचालय, यात्रुलाई सास्ती
टुडेपाटी-
सप्तरी, भदौ १२ गते ।
सप्तरीको अधिकांश बसबिसौनीमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूले सास्ती खेप्न परिरहेको छ । सोही क्रममा सप्तरीको हनुमाननगर,भारदह,रुपनी,कठौना,राजविराज,कञ्चनपुर लगायतको बसबिसौनीमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।
दैनिक सयौंको संख्यामा आवतजावत हुने स्थानमा
शौचालयको ब्यबस्था नहुँदा यात्रुहरूलाई शौचालय जान सास्ती भएको हो ।
बसबिसौनी बजार एरिया रहेको ठाउँमा रहेकोले सार्वजनिक शौचालय नहुँदा बाहिरबाट आउने यात्रुले खुल्ला ठाउँमा दिशा पिसाव गर्न बाध्य भएको स्थानीयले बताएका छन् । बसबिसौनी ब्यस्त चौकमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणहरु लाज पचाएर खुल्ला क्षेत्रमा पिसाव गरेको दृश्य यत्रतत्र देखिएका हुन्छ ।
बसबिसौनी ठाउँमा सार्वजनिक शौचालय नहुँदा खुल्ला चौरीमा गएर दिशा पिसाब गर्न बाध्यता रहेको सर्वसाधारण बताउँछन । बसबिसौनीमा सर्वसाधारणको भीडभाड हुने ठाउँमा सार्वजनिक शौचालयको ब्यबस्था नहुँदा दिशा पिसाब गर्न निकै कष्ट खेप्नु परेको यात्रुहरुको गुनासो रहेको छ । बसबिसौनीमा सार्वजनिक शौचालय निर्माणका लागि पालिकालाई पटक–पटक भन्दा पनि सुनुवाई नभएको स्थानीयहरुले गुनासो गरेका छन् ।
वडा अध्यक्षदेखि नगर प्रमुख सम्मलाई शौचालयको बिषयमा धैरैपल्ट ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको स्थानीयहरुले दुखेसो सुनाउँछन् ।
Sponsored