TodayPati

ढल्केवरबाट विद्युत प्राधिकरणको तामाको तार चोरी गर्ने एकजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, भदौ ५ गते ।

नेपाल विद्युत प्राधिकरणको तामाको तार चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका–१२ घर भई हाल मिथिला नगरपालिका–७ बस्ने ३७ बर्षिय नथु भनिने मनिराज परियार रहेका छन् ।

Sponsored

धनुषाको मिथिला नगरपालिका वडा नं ६ ढल्केवरस्थित रहेको नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयबाट चोरी भएको २ सय ८६ केजी नांगो तामाको तारसहित परियारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

शुक्रबार राति साढे १ बजेको समयमा प्राधिकरण प्रसारण निर्देशनालयको कार्यालय अगाडी हातमा ह्याक्सो ब्लेड लिएर शंकास्पद रुपमा हिडिरहेको अवस्थामा परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट परियारसँगै अन्य १२ जना समेत गरी तामाको तार चोरी गर्न हिडेको पाइएको प्रहरी निरिक्षक सुवेदीले जनाए । अन्य १२ जना भने फरार भएका छन् ।

Sponsored

सुवेदीका अनुसार उनीहरुले पटक पटक गरी विद्युत प्राधिकरणबाट २ सय ८६ केजी हालको मुल्य ३ लाख बराबरको नांगो तामाको तार चोरी गरी ढल्केवरस्थित एमके मेटल स्टोरमा विक्री गरेको खुलेकोमा पसलको खानतलासी गर्दा चोरीको सम्पूर्ण तार बरामद भएको हो ।

प्रहरीले तार बरामद भएको एमके मेटल स्टोरका सञ्चालक धनुषाको मिथिला नगरपालिका वडा नं ६ बस्ने ६९ बर्षीय नन्द किशोरलाई समेत पक्राउ गरेको छ ।

चोरीमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *