TodayPati

राजविराज नगरपालिकाका जनप्रतिनिधिले दुई महिनामै बुझे साढे २६ लाख भत्ता

शुभ नारायण यादव

सप्तरी, साउन १४ गते

सप्तरीको राजविराज नगरपालिकाका जनप्रतिनिधिले दुई महिनामै सुविधा र भत्ता वापत २६ लाखभन्दा बढी रुपैयाँ बुझेका पाइएको छ ।

Sponsored

नगरपालिकाकाको तथ्यांकअनुसार गत चैत र वैशाख महिनामा जनप्रतिनिधिले सुविधा र भत्ता वापत २६ लाख ५० हजार २३० रुपैयाँ बुझेका हुन् । जसअनुसार नगर प्रमुख शम्भुप्रसाद यादवले ६६ हजार ३३० रुपैयाँ र उपप्रमुख साधना झाले ६७ हजार ३२० रुपैयाँ बुझेका छन् ।

यसैगरी, १ का वडाध्यक्ष चन्द्र शेखर चौधरीले ३३ हजार ६६०, २ का वडाध्यक्ष अरुणकुमार यादवले ५४ हजार ४५०, ३ का वडध्यक्ष सुदर्शन प्रसाद सिंहले ३३ हजार ६६०, ४ का वडाध्यक्ष अख्तर अलि मियाँले ३३ हजार ६६०, ५ का वडाध्यक्ष समिर झाले ३३ हजार ६६० रुपैयाँ बुझेका छन् ।

वडा नम्बर ६ का वडाध्यक्ष प्रेमकुमार यादवले ३३ हजार ६६०, ७ का वडाध्यक्ष मागिलाल नाईले ४७ हजार ७२०, ८ का वडाध्यक्ष जयनारायण मण्डलले ४७ हजार ५२०, ९ का वडाध्यक्ष शम्भुप्रसाद यादवले ४२ हजार ५७०, १० का वडाध्यक्ष सुशिलकुमार दासले ३३ हजार ६६० रुपैयाँ बुझेका छन् ।

Sponsored

यसैगरी ११ का वडाध्यक्ष संजयकुमार यादवले ३३ हजार ६६०, १२ का वडाध्यक्ष हरिहर यादवले ३३ हजार ६६०, १३ का वडाध्यक्ष राजेन्द्र प्रसाद यादवले ४७ हजार ५२०, १४ का वडाध्यक्ष शोभा लाल मण्डलले ३३ हजार ६६०, १५ का वडाध्यक्ष राम प्रसाद यादवले ३३ हजार ६६० र १६ का वडाध्यक्ष बुचाई दासले ३३ हजार ६६० रुपैयाँले बुझेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले प्रदेश सरकारले तोकेको बमोजिम जनप्रतिनिधिहरुले सुविधा र भत्ता पाएको बताउनु भयो ।

अधिकृत थापाले‘उहाँहरुको अतिथी सत्कारदेखि पत्रपत्रिका खर्च वापतको सुविधा र भत्ता रहेको बताउनु भयो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *