TodayPati

धनुषाको महेन्द्रनगरबाट ५ किलो लागूऔषध गाँजासहित २ जना प्रहरीको फन्दामा

नितेश यादव-
जनकपुरधाम, साउन ३ गते ।

धनुषाको महेन्द्रनगरबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-२ कार्तिककुमार बस्ने ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ नगरपालिका-५ बस्ने २१ वर्षीया रुवीकुमारी साह रहेकी छन् ।

Sponsored

आइतबार अपरान्ह ४ बजेको समयमा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरको हनुमान चौकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

ज.३ प. ५४९ नम्बरको मोटरसाइकलमा दुबै जना शंकास्पद रुपमा आइरहेकोले प्रहरीलाई शंका लागेपछि सोधपुछ गर्दा ५ किलो लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खबर संकलनको लागि खटिएको प्रहरी जवान पन्चान्न महतोले मोटरसाइकलमा सवार उनीहरूलाई दक्षिणबाट उतरतर्फ शंकास्पद तरिकाले आइरहेको हेर्दा सोधपुछ गर्ने क्रममा आतिन थालेपछि प्रहरीलाई शंका लागेको थियोे । प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको बीचमा च्यापेर राखेको झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको डीएसपी मिश्रले बताए ।

Sponsored

पक्राउ परेका दुबैजनालाई मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *