देउवाले पाए १६५ विश्वासको मत
टुडेपाटी
जनकपुरधाम, साउन ३ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा १६५ विश्वासको मत पाएका छन् ।
आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएको सभामुख अग्नी सापकोटाले घोषाणा गरेका छन् ।
त्यस्तै प्रतिनिधिसभामा उपस्थित देउवाको विश्वासको विपक्षमा ८३ जना सांसदले मतदान गरेका छन् भने एकजना तटस्थ बसेका छन् ।
सभामुख सापकोटाले प्रधानमन्त्री देउवाले बहुमत विश्वासको मत पाएको घोषाणा गरेका छन् ।
Sponsored
देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, महन्त ठाकुर पक्ष, राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्ष र ओलि पक्षका समेत पाँच सांसदले विश्वासको मत दिएका छन् ।
विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन्। अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ। यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनेछन्।