TodayPati

सर्लाहीमा साथीसँग खेल्न गएकी बालिकाको डुबेर मृत्यु

टुडेपाटी-
सर्लाही, असार २० गते ।

सर्लाहीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

घरदेखि करिब एक किलोमिटर जति पर रहेको खेतमा जमेको पानीमा बागमती नगरपालिका–१० निवासी ओजिर सेखकी ८ वर्षीया छोरी सहनाको डुबेर मृत्यु भएको हो ।

Sponsored

साथीहरूसँग खेल्न निस्किएकी बालिका हिजो साँझ अबेरसम्म घर नफर्किएपछि खोज्दै जाँदा मृत अवस्थामा फेला परेकी बागमती नगरपालिका १० का वडाध्यक्ष शेष जुबेरले जानकारी दिए ।

मृतक बालिकाको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *