TodayPati

बर्दिवासस्थित नेपाली सेनाको मध्यपुर्वी पृतनामा रामजानकी बाटिका बन्ने

 

टुडेपाटी-
जनकपुरधाम, असार १६ गते ।

मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको बर्दिवास स्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिकाको शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त बाटिकाको शिलान्यास मुख्यमन्त्री राउतले आज एक कार्यक्रम बिच हिन्दु परम्परा अनुसार गरेका हुन् ।

Sponsored

पृतनापति सुरेश कार्की को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दिवास नपाका प्रमुख बिदुर कार्की, प्रदेश सरकारका प्रतिनिधिहरु , नेपाली सेनाका विभिन्न दर्जाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

बाटिकामा मिथिला संस्कृतिका लगायत नेपालको साझा संस्कृति झल्काउने रामजानकीको पुर्णकदको प्रतिमा, पृथ्वीनारायण शाहको प्रतिमा , राष्ट्रिय प्रतीक, नेपाली सेनाको लोगो, मिथिला संस्कृति झल्काउने विभिन्न सामग्रीका साथै गौरीशंकर हिमालको प्रतीकात्मक स्वरूप निर्माण गरिने पृतना पति कार्किले बताए ।

कार्यक्रममा मुख्यमन्त्री राउत्ले मधेशका जनताहरुले नेपाली सेना प्रति को अपनत्व ग्रहण गर्न नसकिरहेको अवस्थामा नेपाली सेनाले पछिल्लो समयमा मधेसी जनता सङ्ग अपनत्व बढाउने गरि कार्यहरु गर्न लागेकोमा धन्यवाद ब्यक्त गरे ।

Sponsored

कोभिड महामारी जस्तो विषम परिस्थितिमा प्रदेश जनताहरुको लागि नेपाली सेनाले प्रदेश सरकार सङ्ग्को समन्वय मा गरेको कार्यहरु प्रशन्सनिय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सराकार नेपाली सेना संगको सहकार्यलाई सदैब निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *