TodayPati

पाँच विद्यार्थी संगठनले जनकपुरमा जलाए प्रधानमन्त्री ओलीको पुतला

टुडेपाटी-
जनकपुरधाम, असार १६ गते

प्रतिगमनविरुद्ध विपक्षी पाँचदलीय गठबन्धनका भ्रातृसंगठनले जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन् ।
 
जनकपुरको रेल्वे स्टेसनबाट निस्केको विरोध जूलूस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेर प्रधानमन्त्री ओलीको पुतला जलाएका छन् । 

संयुक्त विद्यार्थी संगठनको आह्वानमा निस्केको विरोध जूलूस प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी गरेका थियो ।

Sponsored

संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायत संगठन आबद्ध छन् ।

यता, संयुक्त विद्यार्थी संगठनले घोषाणा गरेको विरोध प्रदर्शनको प्रतिकार गर्ने चेतावनी दिएका ओली निकटका राष्ट्रिय युवा संघको कार्यकर्ताको आजको विरोध प्रदर्शनमा उपस्थिति देखिएन् । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *