कमला नदीको बाढीमा फँसेका सिरहाका तीन महिला सहित चारजनाको उद्धार
टुडेपाटी-
जनकपुरधाम, असार १६ गते ।
कमला नदीको बाढीमा फँसेका तीन महिलासहित चारजनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ ।
वहाव वढेपछि पुर्व पश्चिम् राजमार्ग स्थित कमला नदीको भंगालोमा फँसेका कर्जन्हा नगरपालिकाका ३ सुन्दरपुरका तीनजना महिला र धनुषाका १ पुरुष साधुको सकुशल उद्धार गरिएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको सकुशल उद्धार गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जानकारी दिए ।
अविरल वर्षासंगै कमला नदीमा अाएको उच्च बाढीमा उनीहरु बुधबार फँसेका थिए ।
प्रजिअ कणेलका अनुसार कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका सिडीई एकराज भट्टराईले समयमै सूचनाका दिएको आधारमा उनीहरुको सकुशल उद्धार सफल भएको हो।
Sponsored