TodayPati

संयुक्त विद्यार्थी सङ्गठनद्वारा जनकपुरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन, जलाइयो पुत्ला

टुडेपाटी-
जनकपुरधाम, असार १६ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको संज्ञा दिँदै जनकपुरमा संयुक्त विद्यार्थी सङ्गठनले पुत्ला दहन गरेका छन् ।ओलीले प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ सङ्गठनले संयुक्त रूपमा बुधबार नगरमा प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।

रेल्वे स्टेसनबाट निस्केको संयुक्त विद्यार्थी सङ्गठनले नगर प्रदर्शन गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । संयुक्त विद्यार्थीहरूले जनकपुरधामको रेल्वे स्टेसन हुँदै भानु चोक, शिव चोक र जनक चोकसम्म प्रदर्शन गर्दै कोणसभामा परिणत भई समापन भएको थियो ।

Sponsored

संयुक्त विद्यार्थी सङ्गठनमा अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियू धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषा लगायत विद्यार्थी सङ्गठनहरूले जनकपुरधाम नगरमा प्रदर्शन गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *