TodayPati

पर्सामा ४० किलो गाँजासहित दुईजना प्रहरीको फन्दामा

टुडेपाटी-
पर्सा, असार १६ गते ।

पर्सामा लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ बाट बुधबार बिहान ४० किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Sponsored

प्रहरीका अनुसार मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागूऔषध गाँजा तस्करी भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको उनले बताए ।

बुधबार बिहान पटेर्वासुगौली-२ मकवानी चौरीमा शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गरेपछि दुबैजना पक्राउ परेको हो ।

पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *