TodayPati

धनुषामा छोराले गरे बुबाको हत्या

टुडेपाटी-
जनकपुरधाम, असार ११ गते ।

धनुषामा अंश विवादमा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिका–१ काशिपुर बस्ने ७० वर्षीय विशो यादवको हत्या भएको हो ।

घरायसी विवादमा उनको कान्छो छोरा ३५ वर्षीय श्रीकृष्ण यादवले बुबाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

उनका अनुसार राति सुतेका बुबा विशोलाई कृष्णले मसला कुट्ने खलले प्रहार गरि हत्या गरेका हुन् । बिहान हत्या भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय धनुषाधामले घटनास्थलको मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।
घटनामा संलग्न छोरा कृष्णालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बुबा विशो राति ११ बजे खाना खाएर सुतेका थिए । कान्छो छोरा कृष्णसंग विवाद हुने गरेको थियो ।
विशोका तीन छोरा छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *