TodayPati

डेढलाख घुस लिने जनकपुरका कर अधिकृतविरुद्ध मुद्दा दायर, ८ लाख लिने गापा अध्यक्षमाथि कहिले ?

टुडेपाटी-
जनकपुरधाम, असार ११ गते ।

सेवाग्राहीबाट लिएको डेढ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका आन्तरिक राजस्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

गएको फागुन २६ गते सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनमा १ लाख ५० हजार रुपैयाँ घुस लिएका ढकालमाथि बिहीबार विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Sponsored

उनले सेवाग्राहीसँग अन्तशुल्क समायोजन गर्ने काम सहज गरिदिने भन्दै घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको अख्तियारको प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
अधिकृत ढकालमाथि १ लाख ५० हजार विगो माग दावी गरिएको छ ।

ढकालभन्दा अिघ घुस फालेर फरार भएका बटेश्वर गाउँपालिकामा अध्यक्ष रजाइँ गर्दै

२६ फागुनमा डेढ लाख रुपैयाँ घुससहित फक्राउ परेका आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल विरुद्ध झण्डै चार महिना पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तर, ढकालभन्दा नौ दिन अघि अख्तियारको स्टिंग अपरेशनमा ८ लखा घुस रुपैयाँ फालेर फरार भएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादु राउत भने खुलेआम घुमिरहेका छन् ।

Sponsored

गाउँपालिकाको भवन निर्माणको भुक्तानी प्रयोजनको लागि ठेकेदारसंग ८ लाख रुपैयाँ घुस लिएको बेला उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पछ्याएपछि अध्यक्ष राउत सखुव महेन्द्रनगर स्थित सुक्जोर खोलाको किनारमा घुस फालेर भागेका थिए । अध्यक्ष राउतमाथि अख्तियारले हालसम्म मुद्दा दायर गरेको छैन ।

तीन महिना पश्चात अख्तियारमा हाजिर भएर धरौटी तथा जमानतमा छुटेका अध्यक्ष राउत गाउँपालिका कार्यालयमा फर्केर रजाइँ गरिरहेका छन् । उल्टै उनले अख्तियारले आफुलाई फँसाएर चरित्र हत्या गरेको अभिव्यक्ति दिइरहेका छन् ।

तर पछि पक्राउ परेका कर अधिकृत ढकालमाथि मुद्दा दायर हुनु र अघि पक्राउ परेका गापा अध्यक्षमाथि मुद्दा दायर नगरी नियमित कामकाजको लागि जमानतमा छाड्ने अख्तियारको काम कारबाही नै शंकाको विषय बनेको छ ।

गाउँपालिका अध्यक्ष राउत अनियमितता जस्ता गतिविधिमा बढी सक्रिय भएपछि सेफको लागिपछिल्लो समय नेकपा एमालेको ओली पक्षमा लागेका छन् । उनी पहिलादेखि माधव नेपाल पक्षमा थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *