सर्लाहीमा एक बेवारिसे पुरुषको शव भेटियो
टुडेपाटी-
सर्लाही, असार ८ गते ।
सर्लाहीमा एक बेवारिसे पुरुषको शव फेला परेको छ ।
चन्द्रनगर गाउँपालिका–६ मा मंगलबार मधेसी मुलको जस्तो देखिने अन्दाजी ५०/५५ वर्षका पुरुषको शव फेला परेको हो ।
चन्द्रनगरस्थित अन्यत्र सरिसकेको पुरानो प्रहरी चौकीको पोष्टभित्र पहिचान खुल्न नसकेको पुरुष मृत भेटिएका इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।
स्थानीयवासीका अनुसार ती पुरुष १५/२० दिनदेखि नाढिमन ताल आसपास गाउँमा मागेर खाँदै हिँड्ने गरेका बुझिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाई पहिचान खुलाउने प्रयास भइरहेको उनले बताए ।
Sponsored