TodayPati

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

टुडपाटी-
जनकपुरधाम, असार ९ गते ।

आज दिउँसो सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार बिहान ६ बजे जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार अहिले देशभर सामान्य देखी पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र प्रदेश नं १, प्रदेश न २ ,बाग्मती प्रदेश र सुदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखी मध्ययम वर्षा भईरहेको छ ।

Sponsored

दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *