TodayPati

सात वर्षदेखि थलिएका पूर्वसांसद हरिभक्त अधिकारीको निधन

टुडेपाटी-
जनकपुरधाम, जेठ ३१ गते ।

नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।

Sponsored

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए ।

वि.सं. १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मेका अधिकारी वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *