TodayPati

धनुषामा रोकि राखेको तेल ट्यांकरमा मोटरासइकल ठोक्किँदा एक युवकको मृत्यु

टुडेपाटी

जनकपुरधाम, जेठ २० गते ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा रोकि राखेको तेल टयांकरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य एकको अवस्था गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ६ हरिपुरका १७ वर्षीय राजेशकुमार यादव रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

Sponsored

प्रहरीका अनुसार सोही मोटरसाइकलको पछाडि सवार १८ वर्षीय इन्द्रजीत सहनी गम्भीर घाइते भएका छन् ।

धनुषाधाम नगरपालिका ९ धारापानी स्थित आर्मी ब्यारेक अगाडि रोकिराखेको ना ४ ख ३४७४ नम्बरको तेल टंयाकरमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ज १ प ३४६३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुबैजना गम्भर घाइते भएका थिए ।

घाइते दुबैजनालाई धारापानीस्थित एक नीजि स्वास्थ्य उपचार केन्दमा्र उपचार भर्ना गरिएको थियो । थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *