TodayPati

राजविराजमा निषेधाज्ञा अवज्ञा गरी पसल संचालन गर्ने १५ व्यवसायी पक्राउ

टुडेपाटी-
सप्तरी, जेठ २० गते ।

सप्तरीमा प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गरी पसल संचालन गर्ने १५ व्यवसायी पक्राउ परेका छन् ।

राजबिराज क्षेत्रमा किराना, माछा, सैलुन,मासु, मिठाई, हार्डवेयर, कस्मेटिक, फलफुल लगायतको पसल संचालन गर्ने १५ जना व्यवसायीलाई बुधबार पक्राउ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

उनीहरुलाई कोभिड –१९ सङकट ब्यवस्थापन अध्यादेश २०७८ “ बमोजिम जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जरिबाना गरी छाडिएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *