TodayPati

रातु खोलामा भइरहेको अवैध उत्खनन् रोक्न नेता पोखरेलको माग

रासस-
काठमाडौं, जेठ २० गते ।

नेकपा (माओवादी) का नेता गिरिराजमणि पोखरेलले रातु खोलाको दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र जनताको तटबन्धसमेत धरापमा परेकामा चिन्ता व्यक्त गरेका छन् ।

पूर्वमन्त्री पोखरेलले आज प्रेस वक्तव्य जारी गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ६, ७ र ९ (साविक किसाननगर र पशुपतिनगर गाविस) र भंगाहा–४ रामनगरस्थित रातु खोलामा क्रसर उद्योग व्यवसायी र ठेकेदारको मिलेमतोमा सरकारको ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ उल्लंघन गरी केही दिनदेखि अनियमित ढङ्गबाट नदीको उत्खनन भइरहेकामा ध्यानाकर्षण पनि गराएका छन् ।

Sponsored

May be an image of text

अनियन्त्रित खोलाको दोहनले पानीको स्रोत (पिउने पानी र सिंचाइ) समेत दीर्घकालीन असर पार्ने भएकाले सो कार्य तत्कालै रोकी कारवाही अगाडि बढाउन बर्दिवास नगरपालिका, भंगाहा नगरपालिका र सरोकार पक्ष सबैमा उहाँले विशेष अनुरोध गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *