TodayPati

बारामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको ज्यान गयो

टुडेपाटी-
बारा, जेठ १९ गते ।

बारामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित नहरमा भारतीय नम्बर प्लेट भएको बी आर ०५ ए एल ७०८३ र बीआर ०५ वाई ५५७८ नम्बरको मोटरसाइकल ठाेक्किँएका हुन् ।

Sponsored

दुर्घटनामा  बी आर ०५ ए एल ७०८३ नम्बरको मोटरसाइकलका चालक पचरौता नगरपालिका ३ बस्ने २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी अर्का मोटरसाइकल चालक भारत जिल्ला मोतिहारी थाना झरौखर ग्राम पन्चायत बिजवनी वडा नम्बर ९ अठमुहान बस्ने २३ वर्षीय रामपुकार महतो नुनिया घाइते भएका छन् ।

Sponsored

उनको सिम्रौनगढमा रहेको कंकाली पोलिक्लिनिकमा उपचार भइरहेको डीएसपी मिश्रले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *