TodayPati

जलेश्वर जेलका कैदी बन्दी र बिरामीलाई दुध उपहार

रञ्जन भण्डारी-
महोत्तरी, जेठ १९ गते ।

जलेश्वर कारागारमा रहेका कैदीबन्दी तथा जलेश्वर अस्पतालमा उपचाररत विरामीलाई बुधवार विहान दुध उपहार दिइएको छ । अन्तराष्ट्रिय स्तरमै १ जुनलाई विश्व दुध दिवस मनाउने गरिएकोमा सोहि कार्यक्रम अन्तर्गत कैदीबन्दीलाई दुध उपहार दिइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र जलेश्वरको सहयोगमा जलेश्वर कारागारमा पाचसय लिटर र जलेश्वर अस्पतालमा सय लिटर दुध दिइएको हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराई तथा विभिन्न महत्वपुर्ण व्यक्तित्वहरुको उपस्थिति जलेश्वर कारागार र जलेश्वर अस्पतालमा दुध उपलब्ध गराइएको हो ।

Sponsored

प्रजिअ भटटराईले आफु कारागारमा समेत वसेकोले कैदीबन्दीको दुध पिडा नजिकैबाट देखेकोले दुध वितरण कार्यक्रमलाई कैदीबन्दी लक्षित गर्न खोजेको बताए । उनले कैदी बन्दीको हितमा कारागारमा आउने सवै प्रकारको सहयोग स्विकार्य गरिने समेत वताए ।

दैनिक ६० रुपया नगद र सातसय ग्राम चामल एक कैदीको भागमा पर्ने गरेकोमा त्यतीकैमा सवै पौष्टिक आभार खान नसक्ने भएकोले एक दिनकै लागि भएपनि कैदीको आहारमा पौष्टिक तत्व अन्तर्गत दुध वितरण गर्न पाउदा निक्कै उत्साहित बनाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.संजिव ठाकुरले वताए ।

उनले जलेश्वर अस्पतालमै दुध वितरण गर्ने योजना रहेपनि हाल अस्पतालमा विरामीको संख्या घटेकोले प्रमुख जिल्ला अधिकारीले नै कैदीबन्दीलाई दुध दिएर पुन्यको काम गर्न सल्लाह दिएपछि कैदीलाई दुध उपलब्ध गराएको वताए ।

Sponsored

जलेश्वर कारागारमा ५१ महिला,५१९ पुरुष र ५ आश्रित बालबालिका गरि कुल ५७५ कैदीबन्दी रहेको बताउदै जलेश्वर कारागारका जेलर गणेश मिश्रले कोभिडको अति नै तनावपुर्ण समयमा समेत कैदीबन्दीलाई दुध उपलब्ध गराईदिएकोमा सवैलाई धन्यवाद व्यक्त गरेका थिए ।

दुधको खपत र महत्व दर्शाउन समेत दुध वितरण गरिएकोमा दुध वृद्ध देखि वच्चा सवैलाई चाहिने भएकोले कैदीबन्दी तथा विरामीलाई यसको वढी आवश्यकता हुने गरेपनि हालसम्म थप पौष्टिक तत्वका रुपमा दुधलाई नेपाल सरकारबाट कैदीबन्दी तथा विरामीलाई छुटटै उपलब्ध गराउन सकिएको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *