TodayPati

जनकपुरधामको कुपेश्वरनाथ महादेव मन्दिरमा मूर्ति र रकम चोरी

टुडेपाटी-
जनकपुरधाम, जेठ १५ गते ।

जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरमा गएराति मूर्तिसहित दान पेटिकामा रहेको रकम चोरी भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित कुवारामपुरमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरको मुलद्वारको ताल्चा तोडेर मुर्ति र धनमालसहितका विभिन्न सामग्रीहरु चोरी भएको हो । 
राति अविरल वर्षा भएको र मन्दिरमा कोही नरहेको मौका छोपी  २ वटा प्राचिन मूर्ति र दान पेटिकामा रहेको रकम समेत चोरेर लगेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

Sponsored

केही दिन अगाडी मात्रै मन्दिरका महन्थले गुठी संस्थानलाई पत्र लेखेर मन्दिरको जग्गा खाली गराउन उजुरी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *