TodayPati

सिरहामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

टुडेपाटी-
सिरहा, जेठ १५ गते ।

सिरहामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिटबाट उनकी श्रीमती २० वर्षीया सरितादेवी सदाको मृत्यु भएको हो ।

झगडापछि सुतेकी उनी बिहान मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको हल्ला चलेपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

Sponsored

प्रहरीका अनुसार दुवैजनाले मदिरा सेवन गरी बिहीबार राति झगडा गरेको र श्रीमानले धकेल्दा घरको भित्तामा टाउको ठोक्किँदा चोट लागेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोको चोटकै कारण मृत्यु भएको खुल्न आएको छ । 

उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ भने शब पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ ।

मृतक सरिताका २ छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *